हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

बरहथवा (सर्लाही)। प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।
प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु एक हजार दरका एक हजार चार सय ५४ थान, रु पाँच सय दरका छ सय २२ थान, रु एक सय दरका एक सय नौ थान, रु ५० को एक थान र रु २० को एक थान नेपाली नोट बरामद गरेको हो ।
पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।
दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

















Election activities sped up in Mugu
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ
Foreign Minister Sharma leaving for Dhaka today
Nepal hands over donation amount to Myanmar
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया