विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा, को कहाँ ?

काठमाडौं। सरकारले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो ।
सरुवा सुची अनुसार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् । वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ ।
यसैगरी मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय (वाणिज्य) सचिवमा सरुवा भई आएका छन् भने त्यहाँका सचिव नारायण प्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा आयोगमा सरुवा हुँदा त्यहाँका सचिव गोपाल प्रसाद सिग्देल शर्माको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ ।
यसैगरी उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् । यसअघि सरुवा हुने सूचिमा रहेका अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करको भने आज सरुवा भएन । उनि अर्थ मन्त्रालयमै पद थमौति गर्न शक्तिकेन्द्र धाइरहेको स्रोतले जनायो ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूले पत्र बुझिरहेका छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया