विपदमा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप ५० हजार दिइने

गोरखा। गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
स्वीकृत कार्यविधि अनुसार विपद्को घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई १५ हजार उपलब्ध गराइनेछ । विपद्बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा २५ हजार, आंशिक क्षति भएमा १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा रु २० हजार र आंशिक क्षति भएमा १० हजार राहतस्वरुप प्रदान गरिने नगरप्रमुख रानामगरको भनाइ छ ।
विपद्बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा १० हजार, आंशिक क्षति भएमा रु सात हजार, सामान्य टहरो पूर्ण क्षति भएमा आठ हजार, सामान्य क्षति भएमा पाँच हजार, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षतिभएमा तीन हजार, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा १० हजारसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ ।
कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । “खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ”, उनले भने, “विपद्मा परेर पशुपक्षी तथा मत्स्यतर्फ पनि कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।”
नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा १० हजार, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा पाँच हजार, व्यावसायिक दता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका २० हजार तथा गोठखोर क्षति पुगेमा १० हजारसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उनले बताए ।
कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका पाँच जना मृतक र एक जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले जानकारी दिए ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया