अभाको पोष्टमा अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक
मेरोन्यूज
२०८० चैत २१ गते ८:३४

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।
त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडी रहेको छ ।
त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया