सर्वोच्चको इजलासमै आरतीले खाइन् शंकास्पद वस्तु, अस्पताल पठाइयो

काठमाडौँ । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल पठाइएको छ ।
इजलासमा बहस चलिरहेकै अवस्थामा आरतीले प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् ।
प्रहरीका अनुसार उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको छ । उनको अवस्था भने सामान्य छ ।
श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै आरतीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले उनलाई धरौटीमा छोडेको थियो ।
काठमाडौंको सामाखुसीमा पनि आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दामा बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष सेवन गरेकी हुन् ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया