सर्वोच्चको इजलासमै आरतीले खाइन् शंकास्पद वस्तु, अस्पताल पठाइयो

काठमाडौँ । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल पठाइएको छ ।
इजलासमा बहस चलिरहेकै अवस्थामा आरतीले प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् ।
प्रहरीका अनुसार उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको छ । उनको अवस्था भने सामान्य छ ।
श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै आरतीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले उनलाई धरौटीमा छोडेको थियो ।
काठमाडौंको सामाखुसीमा पनि आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दामा बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष सेवन गरेकी हुन् ।












प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया