सुनसरीमा बन्दुकधारीले गरे लाखौंको लुटपाट

मोरङ । सुनसरीमा बन्दुक पड्काउँदै पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट भएको छ।
बुधबार दिउँसो करिब सवा २ बजे हरिनगरा गाउपालिका र ईनरूवा नगरपालिकाको सीमामा पर्ने नहर क्षेत्रमा बन्दुक पड्काएर लुटपाट भएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए।
उनका अनुसार हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद लुटिएको हो। घटनास्थल पुगेको प्रहरीले लुटपाटमा संलग्न भएका ब्यक्तिको खोजी सुरू गरेको छ।
प्रहरीका अनुसार लुटिएका अन्सारीले जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घर जादै थिए। एकान्त क्षेत्रमा एकाएक बन्दुक पड्किएपछि आवाज सुनेपछि अन्सारीले मोटरसाइकल रोकेका थिए।
सोही क्रममा उनलाई लुटिएका थिए। अन्सारी सकुशल रहेको जनाउँदै प्रहरीले पैसाको झोला लुटेर तीन जना फरार भएको जनाएको छ। हाल प्रहरीले लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न स्थानमा प्रहरी युनिटबाट खोजी कार्य अघि बढाएको छ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया