मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन

काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।
वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।
व्हाट्सएपले एक्समा जानकारी दिदै भन्यो- ‘हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं ।’
यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया