अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेकाे छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, हरिनगर गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कस्थित सुदुर पश्चिम गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रूपैयाँसहित सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-२ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय देव कुमार थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया