बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल ३२ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४ करोड ८० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ६० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ। आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ वैशाख ३ गतेदेखि २०८१ कात्तिक ३ गतेसम्म ६ महिना (१८८ दिन)का लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।
बैंकहरुले चैत २५ गते साँझ ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।















पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया