हुम्लाको आँखा शिविरमा ९२७ जनाको उपचार

सिमकोट (हुम्ला) । जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा नौ सय २७ जनाको आँखाको चेकजाँच भएको हो ।
यही चैत ६ गतेदेखि सञ्चालन भएको शिविरमा तीन सय ८५ पुरुष र पाँच सय ४२ महिलाको आँखा परीक्षण गरिएको केन्द्रका नेत्र अधिकृत बुम बोहराले जानकारी दिए । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाविन्दु शल्याक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उनले बताए। उनका अनुसार ८७ जनाको मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका छन् ।
मोतियाविन्दु को गर्नुपर्नेमा ४९ महिला र ३८ पुरुष रहेका बोहराले जानकारी दिए । उनका अनुसार मोतियाविन्दुको समस्या देखापरेका आँखाका बिरामीको यही चैत २७ देखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरिने छ ।
आँखा शिविर सिमकोट गाउँपालिकाको डाडाफयाँ स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउँ, ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको थियो । साथै खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताए ।
उमेर बढ्दै जाँदा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी मोतियाविन्दुको असर देखिने गरेको उनले बताए । बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नुलगायत कारणले मोतियाविन्दुको समस्या देखिने गरेको बोहराको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा सिमकोट र जिल्ला आँखा उपचार केन्द्रको आयोजना तथा रेड्ली आँखा फाउन्डेसन र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।















ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया