उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

जानकी (बाँके) । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ ।
पचास वर्षीया उनले नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थालेकी हुन।
एकल महिला उन नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी स्थायी बासिन्दा हुन् । उनले वर्षौँ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताईन् । “मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जृुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।”
हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उनले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा सगुनको मखमली डालो देखाउँदै भनिन्, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।”
धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गर्नु भएकी उनी अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउछिन्। उद्यमशीलतासम्बन्धी दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उहाँ ४५ दिने सगनु एवं शृङ्गारका सामग्री बनाउने तालिममा सहभागी हुनुभएको हो ।
दिदी भिनाजुसँगै बस्दै आउनु भएकी प्रमिलामा प्रशिक्षक सङ्गीता गौतमले भनेझैं आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिका (१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता बुझेर नै उनीहरू उद्यम गरिरहेकी छन् । उनीहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहेकी छन्।
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया