क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमा नै १-० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया