ग्रील उद्योगलाई बचाउन व्यवसायीले गरे सरकारसँंग राहतको माग

काठमाडौं । देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले शनिबार आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ कार्यक्रममा उनीहरुले लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पूर्ण रुपमा सन्चालन गर्नसक्ने बातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले सदैभ पहल गर्ने बताए । ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएको बताउँंदै उनले कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेको अत्यन्तै सराहनीय कार्य भएको बताए । खोपको अवसरमा बर्षभरि काममा ब्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाई लक्षित गरी बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ बर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने उनले बताए ।
कपन इकाइ समितिका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिब पशुपति श्रेस्ठ, पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका ग्रील तथा स्टील ब्यवसायमा देखिएका समस्याहरु सबै मिलेर समधान गर्नुपर्ने धारणा राखे ।
काठमाडौ जिल्लाभित्र रहेका ९ वटा इकाई समितिका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित भएको कार्यक्रममा ग्रील ब्यवसायी र ब्यवसायमा आश्रित परिवारको उपस्थिति रहेको थियो । कार्यक्रममा ९० जनाले निशुल्क टिटी खोप लगाएका थिए । कार्यक्रमको समापन गर्दै कपन इकाइ अध्यक्ष भेसराज श्रेष्ठले टिटी खोप र बनभोज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुे सबैलाइ धन्यबाद दिदै हुँदै आगामी दिनहरुमा पनि यस्ता किसिमको अन्य स्वास्थ शिबिर सन्चालन गर्दै जाने बताए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया