आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । मुम्बईमा हुने यो खेल अपरान्ह ३: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि हुदै छ ।
जारी आइपिएलमा मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ भने दिल्ली क्यापिटल्सले भने चार खेलमा एक जित र तीन हार बेहोरेको छ ।
मुम्बईले अहिलेसम्म गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्ससँग हार बेहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध जित हासिल गरेको छ भने पञ्जाव किंग्स, राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको छ ।
त्यसैगरी लखनउ सुपर जाइन्टले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । लखनउले पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ भने राजस्थान रोयल्ससँग हार बेहोरेको छ ।
त्यसैगरी गुजरात टाइटन्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । जसमा मुम्बई र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ भने चेन्नई सुपर किंग्स र पञ्जावसँग हार बेहोरेको छ ।
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया