आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ले पहिले फिल्डिङ गर्ने भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर वुल्भ्सका कप्तान निल रकले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई पहिले फिल्डिङमा निम्त्याएका हुन् ।
तीन खेलमध्ये यसअघिका दुई खेलमा हार बेहोरेका कारण नेपाल आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।
यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ रनले र दोस्रो खेलमा ११४ पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । वुल्भ्स नेपाल ‘ए’ को दोस्रो प्रतिद्वन्दी हो । वुल्भ्सअघि नेपाल ‘ए’ ले क्यानडा–११ सँग पहिलो पटक क्रिकेट शृंखला खेलेको थियो ।
नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया