मटिहानीका २ हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

महोत्तरी । सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।
मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।
“हमरोसबके सुखके दिन आयल, आब सबदिन गोबरक पथरीके धुवाँमे नइ कान परत” (हाम्रा पनि सुखका दिन आएछन्, अब सब दिन गोबरको पथरी, गुइँठाको धुँवामा रुनु परोइन) मटिहानी–९ सिमरदहीकी अति विपन्न डोम समुदायकी पुनमदेवी मररले भने। पुनमजस्तै मटिहानी–१ धिरापुरकी पूmलोदेवी मण्डल, मटिहानी–६ की सजिरा खातुन र मटिहानी–८ की अनिता महराले पनि अब पानी पर्दा, अपर्झट पाहुना आउँदा राहत मिल्ने आश गरेका छन् । “बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भने । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।
मटिहानीको अतिविपन्न परिवारलाई ग्यासचुल्हो सो क्षेत्र (महोत्तरी–३)कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गरे । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
ग्यासचुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई महत् सहयोग पुगेको बताए। उनले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भने । कार्यक्रम मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको थियो ।
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया