सिरहामा दिनदाहाडै लुटियो मनि ट्रान्सफरको साढे १५ लाख

सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।
सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।
भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया