सिरहामा दिनदाहाडै लुटियो मनि ट्रान्सफरको साढे १५ लाख

सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।
सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।
भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।













राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया