६ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन

काठमाडौँ । युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ छन् । अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।
आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उनको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उनको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए।
भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोरेका छन् । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गर्छन् । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भन्छन्, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”
छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनकी आमा गीताञ्जलीले बताइन् । “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उनले भनिन्, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।”
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया