सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर

सल्लेरी (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए ।
पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेका गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाले जानकारी दिए।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया