काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
केही समय यता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । स्विट्जरल्याण्डको आईक्यूएयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो ।
विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।
हरेक वर्ष चैतको बेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्यधिक बढ्ने गरेको विज्ञहरुको भनाई छ ।
वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।
प्रदूषणको बेला सकेसम्म घरबाहिर ननिस्किन र निस्कनुपरे पनि विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
















कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया