रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि…

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।
यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
तर रेफ्रीले रातो कार्ड दिदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । रोनाल्डोको यस्तो धेरै व्यवहारको आलोचना गरेका छन् ।
रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केहि खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।
तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केहि खेलको प्रतिबन्ध लाग्ने बताइएको छ ।
यस खेलमा अल हिलालले अल नासरलाई २-१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया