पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०८० चैत २७ गते १५:०३

वालिङ (स्याङ्जा) । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।
छ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १० स् ३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।
रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया