औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने

चितवन । उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा यही वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८० हुने भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको हो ।
प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग सङ्घका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए । सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ । प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासङ्घका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए ।
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ ।
अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ ।
















सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
NA Election: Voting to take place across all seven provinces today
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
प्रतिक्रिया