पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेरोन्यूज
२०८० चैत २७ गते १८:११

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ ।
अख्तियारले सिचाई आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले नभएको काम भएको भनेर सो रकम बढी भुक्तानी दिइएको दाबि गरेको छ ।
आरोप पत्र दायर गरिएकाहरुमा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सव इन्जिनियर माधव कुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया रहेका छन् ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया