उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौं। निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ।
आयोगका अनुसार इलाम–२ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन्। उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन्। आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ।
त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।
बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन। इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।


















नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया