कुम्भका नयाँ कामहरु बन्ने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८० साल चैत्र २८ गते वुधवार तदअनुसार अप्रिल १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी भरणी नक्षत्र, विष्कुम्भ योग छ । चन्द्र राशि मेष । यो अशुभ योग हो ।
मेष : तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयरबजारमा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ।
शुभ रगंः सुन्तला
शुभ अंकः ८
वृष : लाभहानी, सुखदुख बराबरी रहनेछ। मन खिन्न हुने स्थिति आउनसक्छ। भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। संयम रहनु होला।
शुभ रगं: हरियो
शुभ अंक: २
मिथुन : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। प्राविधिक कार्यमा सफलता मिल्नेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
शुभ रगं: खैरो
शुभ अंक : १
कर्कट : रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शुभ समाचार सुन्न पाइएला र समाचारले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।
शुभ रगं : निलो
शुभ अंक : ५
सिंह : ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
शुभ रगं : पहेलो
शुभ अंक : ३
कन्या : सरकारी निकायको भय रहला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।
शुभ रगं : हरियो
शुभ अंक : ४
तुला : अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।
शुभ रगं: सेतो
शुभ अंक: ७
वृश्चिक : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागिता भइएला तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ।
शुभ रगं : रातो
शुभ अंक : ८
धनु : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।। रोकिएका अधुरा पुराना कामहरू पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला।
शुभ रगं: पहेलो
शुभ अंक : ७
मकर : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
शुभ रगं : निलो
शुभ अंक : ३
कुम्भ : नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ।
शुभ रगं : कालो
शुभ अंक : ४
मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।
शुभ रगं : चाँदी
शुभ अंक : ७
















वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया