मेसिन बिग्रिदा खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय

कञ्चनपुर । एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।
बिग्रिएको मेसिन मर्मतका लागि प्राविधिकको समयमै व्यवस्था मिलाउन नसक्दा स्थानीय खानेपानीको सेवाबाट वञ्चित भएका हुन् ।
समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन् । पिपलाडी स्वास्थ्य चौकीमा पुग्ने बिरामी, स्वास्थ्यकर्मीलगायत पनि खानेपानीको व्यवस्था नहुँदा समस्यामा परेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बसन्त धामीले बताए । एक सातादेखि खानेपानी आपूर्ति नहुँदा हेण्डपम्पबाट बाल्टिनमा पानी भरेर ट्याङ्कीमा राख्दै आएको उनको भनाइ छ ।
“खानेपानीको मेसिन बिग्रएको छ”, धामीले भने, “अहिलेसम्म मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका छौँं । शुद्ध पिउने पानीको आपूर्ति नहुँदा विकल्पका रुपमा असुरक्षित हेण्डपम्पको पानी पिउँदै आएका छौँ ।”
खानेपानी व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ऐरले शुक्रबारदेखि खानेपानीको आपूर्तिमा समस्या देखिएको बताए । “प्राविधिकले विद्युत् आपूर्तिमा समस्या देखिएको छ भनेपछि पावर आपूर्ति ठिक गर्ने कार्य गर्यौँ”, उनले भने, “त्यसपछि पनि मेसिन सञ्चालनमा आउन सकेन, स्थानीय प्राविधिकले समस्या समाधान गर्न नसकेपछि नजिकैको झलारी बजारबाट प्राविधिक ल्याएर पनि समस्या समाधान हुनसकेको छैन ।”
पानी ट्याङ्कीमा पुर्याउने विद्युतीय मोटरमा खराबी आएको हो वा तार सर्ट भएर यस्तो भएको भन्नेबारे अझैसम्म प्राविधिकले पत्ता लगाउन नसकेको अध्यक्ष ऐरले बताए । “समस्या समाधानका लागि कैलालीको धनगढीबाट प्राविधिक मगाएका छौंँ”, उनले भने, “एकरदुई दिनमा समस्या समाधन गरी पानी आपूर्ति गर्छौँ ।”
विसं २०७४ मा दातृ निकायको रु ४३ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको थियो । आयोजनाबाट दुई सय २५ उपभोक्तालाई पानी आपूर्ति हुँदै आएको छ । खानेपानीको ट्याङ्कीको क्षमता दुई हजार पाँच सय लिटर रहेको छ ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया