सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

गण्डकी । सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।
‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नाराका साथ पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गर्न लागिएको हो ।
शान्त पर्यापर्यटन र जङ्गल परिभ्रमणकसँगै ग्रामीण क्षेत्रको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अघि बढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरी उद्घाटन गरिने छ भने वैशाख २ गते विशेष सत्रका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सत्र सञ्चालन गरिनेछ ।
तेस्रो दिन योगा, आध्यात्म शिविर र जङ्गल परिभ्रमण पदयात्रा गरी जङ्गलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरी कार्यमूलक अवलोकन गरिनेछ ।
सम्मेलनमा जैविक विविधता विज्ञ डा हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा रवीन कडरिया, पर्यटन विज्ञ डा रामजी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मनसान्त घिमिरे, वुद्धिजीवी डा अमर नागिलालगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटें र गुरुङ संस्कृतिमा आधारित रोधीसमेत सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नका लागि आवधिक रुपमा सञ्चालन गर्दै लैजाने तयारी गरिएको छ ।
आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक तीनवटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया