अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि
मेरोन्यूज
२०८० चैत ३० गते ७:५३

काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।
अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।
योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन् ।
सम्बन्धित
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया