राष्ट्रिय अनुसन्धान विभागले भर्ना खुलायो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको छ ।
विभागले राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतका लागि २१ जना, राजपत्र अनंकित द्धितीय श्रेणीको अनुसन्धान सहायकका लागि ३२ जना र राजपत्र अनंकित चौथो श्रेणीको सहायक सूचकका लागि ५१ ज्ना छनोट गर्नेगरी दरखास्त खुल्ला गरेको हो ।
अनुसन्धान अधिकृतका लागि स्वीकृत विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधी प्राप्त गरेको, अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह र सहायक सूचकका लागि कम्तिमा एसएलसी, एसइइ सरहको उपाधी हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै उमेरको हकमा अनुसन्धान अधिकृतका लागि पुरुषको २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेको, महिला २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने छ । अनुसन्धान सहायकका लागि पुरुष १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको तथा महिला १८ वर्ष पूरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने छ । सहायक सूचकका लागि महिला पुरुष दुबै १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
विभागको वेबसाइट www.nidept.gov.np मा लगइन गरी व्यक्तिगत विवरणका साथै आवश्यक कागजात सहित आगामी बैशाख १२ गतेभित्र अनलाइन प्रणालीबाट दरखास्त फारम भर्र्न सकिने विभागले उल्लेख गरेको छ । भर्ना छनोट समितिको गत आइतबार बसेको बैठकको निर्णय अनुसार विभागले शुक्रबार सूचना जारी गरेको हो ।















शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया