कैलालीमा दुई वटा पक्की पुलको काम अलपत्र

गोदावरी (कैलाली) । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो ।
सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी आठ महिना समयावधी थपिए कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए।
थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए । सो पुल निर्माणको काम ६५ प्रतिशत मात्र भएको छ ।
गोदावरी नगरपालिकाकै मनहरा खोलामा नौ करोड ५० लाखको लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ । उच्चकोटी( समिदेव(राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर चन्दले बताए । मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो । नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।
यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ । इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी रु १३ करोड ३६ लाखमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।
















Gold, silver prices increase
झापामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु
जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा
प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय
Thailand votes in early election with 3 main parties vying for power
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया