एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो ।
यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो । कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।
यो ओमानको लगातार दोस्रो जित हो । यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि कम्बोडिया आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । यो हारपछि कम्बोडियाको २ खेलमा शुन्य अंक रहेको छ ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया