नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई नाकामै १० वटा मास्क दिईने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल सिमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा मास्क दिने निर्णय गरेको छ ।
आइसीएस कमाण्डका अध्यक्ष एवं स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सिमानाकाका हेल्थ डेस्कका बस्ने स्वास्थ्यकर्मीले नेपाल छिर्ने प्रत्येकलाई उपलव्धताको आधारमा ५ देखि १० थान मास्क दिने व्यवस्था मिलाएको बताए । हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुले नेपाल छिर्दै गरेका नागरिकलाई मास्क दिएकै बखत घरमा गएर १० दिन छुट्टै बस्न समेत आग्रह गर्ने उनले जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कोरोनाको सम्भावित संक्रमण रोक्न मास्कको निकैनै महत्वपूर्ण भूमिका हुने भन्दै यो निर्णयले सम्भावित जोखिम हटाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
‘मास्क नलाउनु भन्दा मास्क लगाउनु त कति हो कति राम्रो । सरकारले १० १० थान दिएर पठाउँदा त्यसको सही प्रयोग गर्न सकियो र घरमा गएर पनि १० दिन छुट्टै बसियो भने सम्भावित संक्रमण हुने जोखिम हटेर जान्छ,’ उनले भने ।
पछिल्लो समय भारतमा हरेक दिन ५० हजार बढीमा संक्रमण देखिन थालेपछि खुल्ला सिमा रहेको नेपालमा समेत त्यसको प्रभाव देखिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया