मंगलबार, वैशाख १, २०८३

रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे

मेरोन्यूज २०८२ फागुन २४ गते ६:१९

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गोपालले २१ हजार ६०९ मत ल्याएर सांसदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे। यस्तै, नेकपाका उम्मेदवार गोपालसँग मुख्य प्रतिस्पर्धी मानिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने तेस्रोमा खुम्चिए।

जनार्दनले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे। रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरे। 

जनार्दन शर्मा यस क्षेत्रबाट चारपटक चुनाव जितेर संसद् पुगिसकेका थिए ।  यसपटक पनि पाँचौँ जितको अभिलासा बोकेर चुनावी मैदानमा उत्रिएका शर्माको यात्रा पराजयमा टुंगिएको छ। तत्कालीन माओवादीको गढ मानिएको रूकुम पश्चिममा माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर जनार्दन अघि बढेपछि यतिबेला आफ्नै चेला गाेपालसँग पछारिन पुगेका हुन् ।

प्रतिक्रिया