शनिबार, माघ १०, २०८२

सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी

मेरोन्यूज २०८१ वैशाख २ गते १६:५५

कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए ।

स्राेतका अनुसार दाेहाराे दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने भएका छन् ।

प्रतिक्रिया