आइपिएल : लखनउमाथि कोलकोताको सहज जित
मेरोन्यूज
२०८१ वैशाख २ गते २१:२०

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।
लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।
यो जारी आइपिएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी लखनउको भने यो तेस्रो हार हो । ६ खेलमा ३ जित र ३ हार बेहोरेको लखनउको ६ अंक रहेको छ ।
सम्बन्धित
















युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया