मिडियाकर्मी बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड

काठमाडाैँ । अमेरिका- मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।
अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको बिशेष समारोहमा बस्नेतलाई युथ युनेस्काे क्लव अमेरिका, अमेरिकन युनिभर्सिटी अफ साेभेरेन नेसन, इबिअस इथिक्स इन्स्टिचुट ( न्युजिल्यान्ड ,जापान), फिलिपिन्स एसाेसियिन अफ इक्सटेन्सन प्राेगाम इम्प्लिमेन्टर्स, सेन्ट पवल्स युनिभर्सिटी फिलिपिन्स , युथ लुकिङ बियाेन्ड डिजास्टर, युथ पिस एम्बेस्टर इन्टरनेसनल, द वर्ल्ड इज जस्ट अ बुक अवे (अमेरिका , इन्डाेनेसिया), मेरिटाइम एकेडेमी अफ एसिया एण्ड द प्यासिफिकले संयुक्त रूपमा २०२४-२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो ।
`मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं´ अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा ड्यालरले भने ‘आगामी दिनमा उनी अझै युवा र शान्तिका लागि योगदान गर्नेछन ।´ सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिदै आईरहेको छ । हाल सम्म ६५ देशका ब्यक्तिहरू यो उपाधि पाईसकेका छन । ‘ यो अवार्डसंगै अब उहाँहरूले अन्तराष्ट्रिय फोरमहरू पाउनुहुनेछ´ युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने `संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।´
`मिडियामा युवा र शान्ति’ बिधाबाट उनलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि मिडियामा आवद्व छन । हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन ।
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया