सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै किर्तिमान, बैंगलुरु २५ रनले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो ।
सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए ।
यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।
सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए ।
यो आइपिएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठुलो टोटल हो । सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इण्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको थियो ।
यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो । ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ ।
















नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया