आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।
जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।
यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।
कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए ।
यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको १२ अंक छ । अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय बेहोरे पनि कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ ।
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया