सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुग्यो

काठमाडौँ । सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ ।
नेपाली सेनाका अन्सुअर हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेपछि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेको थियो ।
यसै गरी, उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत सङ्कलन गरेका छन् । आधार शिविर पुगेपछि आवश्यक वासस्थान, सञ्चार मिलाप तथा जनसमन्वय पश्चात् उक्त टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुनेछन् ।
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल ‘थिम’ का साथ सञ्चालित यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया