दाङको छिल्लीकोटबाट मूर्ति चोरी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ९ गते २२:०१

तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए।
उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।
उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवान्ले घण्टी मागर गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताए । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए।
सम्बन्धित
















दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया