सुदूरपश्चिम विश्वविद्यालयका ९ विद्यार्थीलाई स्वर्ण पदक

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्र्णण पदकबाट विभूषित गरेका छन् ।
दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी विद्यार्थीहरूमध्ये नौ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरेका हुन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नाकोत्तर हेमन्त भट्टले चान्सलर पदक प्राप्त गरेका हुन् । इञ्जिनियरिङ सङ्कायमा स्नातक नवीनप्रसाद जोशीले भाइस चान्सलर पदक प्राप्त गरेका हुन् ।
केन्द्रीय क्याम्पसका नीराकुमारी जोशी, गणेशदत्त शर्मा, हेमन्त भट्ट, हरिशप्रसाद अवस्थी, अभिषेक नेगी, सुनील थापा, नवीनप्रसाद जोशी र टीकापुर बहुमुखी क्याम्पसका विरेन्द्र चौधरी र टार्जन भण्डारीले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका १७ जना, विज्ञान तथा प्रविधि सङ्कायका २२ जना, व्यवस्थापन सङ्कायका एक सय ३९ जना, मानविकी सङ्कायका ६८ जना, शिक्षा शास्त्रका एक सय जना र कृषि विज्ञान सङ्कायका ३० जना गरी तीन सय ७६ जना विद्यार्थी दीक्षित भएका हुन्।
सो अवसरमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिए ।
“युवा राष्ट्रका भविष्य हुन तसर्थ विश्वविद्यालयबाट निस्कदा उनीहरू चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ ।” कुलपति एंव प्रधानमन्त्री दाहालले भने, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ ।
” विश्वविद्यालयबाट पास आउट भएका एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भएको विश्वविद्यालयका उपकुलपति कर्णबहादुर थापाले बताए।
विसं २०६८ मा स्थापना भएको विश्वविद्यालयले विसं २०७१ देखि शैक्षिक कार्यक्रमअघि बढाएको थियो । विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन । विश्वविद्यालयका उपकुलपति कर्णबहादुर थापाले हाल विद्यालयमा चार सय ९१ जना प्राध्यापक, एक सय ७९ जना कर्मचारी रहेको बताए ।
“विश्वविद्यालयको स्थापनापछि यहाँका जनताको उच्च शिक्षामा पहुँच भएको छ ।” उपकुलपति थापाले भने, “विश्वविद्यालयले युग सुहाउँदो प्राविधिक शिक्षामा जोड दिएको छ ।” विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्ज्ञ, विज्ञानतथा प्रविधि, इञ्जिनीयरिङ्ग, कृषि विज्ञान र कानुन र स्वास्थ्य विज्ञान सङ्काय गरी आठ सङ्काय सञ्चालन गरेको उनले बताए।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया