धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।
मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ ।
धनुषाधाम नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई–न्युज ब्युरोका कार्यकारी सम्पादक थिए।















महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया