बाबुरामको आफ्नै पार्टीका नेताहरुमाथि कटाक्ष – क्षणिक लाभ कि लोकतन्त्रको रक्षा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका छन् । डा.भट्टराईले पछिल्लो समय पूर्वराजपा समूह मधेस तथा थरुहट आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइ भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने गरी अघि बढेपछि उनले प्रतिगमनको खतरा नटरेको टिप्पणी गरेका हुन् ।
डा. भट्टराईले आफ्नै नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई लक्षित गर्दै बुद्धि विवेकको प्रयोग गर्न आग्रह गरेका छन् । “प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई बिदा गरेर संविधान / लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी/ केशरजंग रायमाझीको र दोश्रो बाटो बीपी÷पुष्पलालको हो ! वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं !” उनले सामाजिक सञ्जाल टुइटरमा भनेका छन् ।
प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!
— Baburam Bhattarai (@brb1954) March 27, 2021

















गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया