पराशर मार्गमा कालोपत्र गर्न थालियो

तनहुँ । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ ।
आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो ।
पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ ।
विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त योजनाबाट बाँकी रहेको करिब रु २२ करोड रकम अर्को प्राथमिकताको योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।
छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो ।
















राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया