सोमबार, माघ ५, २०८२

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको औषधि खुवाउने

मेरोन्यूज २०८१ वैशाख १२ गते १७:०७

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले औषधि सेवनको अभिमुखिकरण गराएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरुको सहभागीतामा आज भएको उक्त कार्यक्रममा १६ बैसाख देखि सुरु हुने औषधि सेवन  प्रक्रियाको बिषयमा अभिमुखिकरण दिएको हो ।

प्राणघातक नभएतापनी मानिसहरुलाई अशक्त तथा अपाङ्ग वनाउने यो रोगका विरुद्ध हरेक बर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य  खुवाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन । तीन वटै औषधि उचाईअनुसार निर्धारण हुने र उचाई नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

रोग संक्रमणको हिसावले महोत्तरी जोखिममा नै रहेको वताउदै नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले उक्त औषधि निर्धारित मिति देखि हरेक टोल, विद्यालयहरुमा पाईने जानकारी दिए ।

माईक्रोफालेरिया परजिवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई बर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त विरामी र क्षारेरोग भएकाहरुका लागि खुवाउन नमिल्ने स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन ।

बैसाख-२६ गतेसम्म निर्धारण गरिएतापनी आम मानिसहरुको सेवनको दरलाई हेरेर उक्त मितिलाई बढाउन सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ । समुदायमा अभिमुखिकरणको लागि नगरले विभिन्न ठाउँमा स्वयमसेवक समेत परिचालन गरेको छ।

नगरको ७६ हजार १ सय ४१ जनसंख्या मध्ये ७३ हजारलाई औषधि खुवाउने नगरले लक्ष्य राखिएको छ । जिल्लाको अन्य पालिकाको तुलनामा बर्दिवास नगरपालिकामा लक्षित कुल जनसंख्याको ९६ प्रतिशतलाई खुवाईएको थियो । यो जिल्लाको नै सवैभन्दा बढी प्रतिशत हो ।

प्रतिक्रिया