आगलागी पीडितलाई पालिकाको नगद राहत
मेरोन्यूज
२०८१ वैशाख १३ गते १९:१८

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—६ का आगलागी पीडित एघार परिवारलाई नगद राहत दिइने भएको छ ।
गत शुुक्रबार दिउँसो लागेको आगलागीबाट घरबारविहीन भएका परिवारलाई नगद राहत दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुुद्धप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार घर जलेर पूर्णक्षति भएकापरिवारलाई प्रतिपरिवार रु ७० हजार, आंशिक क्षति भएकालाई रु ४० हजार र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णयभएको छ ।
एउटा पसलमा लागेको आगो अन्य घरमा सल्किएको थियो । आगलागीबाट चार घरमा पूर्ण क्षति भएका र अन्य घरमा पनि क्षति पुगेको पालिकाको वडा नं ६ निवासी चन्ना धोवीले बताए । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थीले आगलागीबाट क्षति भएका परिवारलाई उचित राहतका लागि पहल भइरहेको बताए ।
सम्बन्धित
















अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया