६ एसएसपीको सरुवा, काठमाडौंमा वसन्त रजौरे

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ।
जस अनुसार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा भएको छ ।
त्यस्तै उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थिए ।
अपराध महाशाखाको प्रमुख रहेका सोमेन्द्रसिंह राठौरलाई भट्टराईको ठाउँमा सुरक्षा परिषदमा सरुवा गरिएको छ ।
त्यस्तै गृहले प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरेको छ । यसअघि कोशीमा रहेका राजन अधिकारीलाई तालिम निर्देशनालय प्रधान कार्यालयमा सरुवा गरिएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया