उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकोमा सभापति देउवाले दिए धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उनले उल्लेख गरेका छन् ।
सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया