सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा
मेरोन्यूज
२०८१ वैशाख १६ गते १७:१९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
बलात्कार अभियोगमा दोषी प्रमाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् ।
त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।
सम्बन्धित
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया